+
Search

ताजा अपडेट +

पपुलर +

बैंकहरूको खराब कर्जा सम्हाल्न सम्पत्ति व्यवस्थापन कम्पनी खोलिने

पालिका लाइभ
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं– सरकारले बैंकहरुको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४.९ प्रतिशत पुगेको छ । त्यस्तै बैंकहरुले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैंकहरुले नै सकारेको सम्पत्ति बढेको छ ।

खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ ।

नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ