+
Search

ताजा अपडेट +

पपुलर +

एनआरएनए कतारको रक्तदान कार्यक्रम, ३९ जनाले गरे रक्तदान

पालिका लाइभ
२०८१ आश्विन ५, शनिबार

काठमाडाैं– गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ जना नेपालीहरूले रक्तदान गरेका छन् ।

गैर आवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड डाेनेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको महासचिव ध्रुवराज अधिकारीले जानकारी दिए ।

‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विविध गतिविधि गर्दै कतारमा रहेका नेपालीहरूले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।

सामाजिक सेवाको लागि गैर आवासीय नेपाली संघ कतार सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस्, मानवीय र परोपकारी कार्यले अन्य देशका कम्युनिटिसंग मैत्रीपूर्ण सम्बन्ध रहने हुँदा यस्ता कार्यक्रमको आवश्यकता रहेको  संघका अध्यक्ष सुनिल घिमिरेले बताए ।

उक्त रक्तदान कार्यक्रममा एनआरएनए मध्यपूर्वका संयोजक रामचन्द्र पन्त, बुद्धिजीवी बुधवल गुरुङ, कपिल भारतीलगायत कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहितको बाक्लो उपस्थिति रहेको थियो ।

विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित हुने हुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयंसेवी रूपमा अभिवृद्धि आजको आवश्यकता हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ