+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयमा राजनीति नगर्न शिक्षक र कर्मचारीलाई गण्डकी गाउँपालिकाको निर्देशन

पालिका लाइभ
२०८० भाद्र १९, मंगलवार

गोरखा– गण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक कार्यक्रममा सहभागिता नजनाउनुका साथै कुनै पनि राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा राजनीति दलहरूले विद्यालयमा कार्यक्रम गरेको र शिक्षकहरू समेत सहभागी भएको भन्दै गाउँपालिकाले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

पालिकाका प्रशासकीय अधिकृत रिजेश उपरकाेटीद्वारा जारी सूचनामा भनिएको छ- ‘गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा आचारसंहिता र निजामती सेवा नियमावली २०५० ले कुनै पनि शिक्षक र कर्मचारी राजनैतिक पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने र सहभागी भए विभागीय कारबाही समेत हुने अवगत गराएको छ।’

साथै, सूचनामा विद्यालयमा हुने राजनैतिक गतिविधिले शैक्षिक गुणस्तरमा प्रभाव पर्ने हुँदा सम्पूर्णलाई गम्भीर भइदिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ