गाेरखा– पालुङटार नगरपालिका-४ को वडाध्यक्षमा वसन्त देवकोटाले दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का पालुङटार सदस्य देवकोटाले पार्टीमा वडा न ४ पालुङटारकाे अध्यक्ष बन्न आंकाक्षा व्यक्त गरेका हुन् ।
२०६२ बाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका देवकोटा सिटिईभिटी मातहतको नेम्स कलेजको अखिल (क्रान्तिकारी)को प्रथम अध्यक्ष हुन् । सिटिईभिटीमा लामो समय देखि विद्यार्थी हक हितका लागि काम गरेको अनुभव भएका देवकोटा पूर्वाञ्चल विश्व विद्यालयको संयोजक भई लामो समय विद्यार्थी राजनीति गरे ।
क्रान्तिकारी केन्द्रीय सदस्य हुँदै सचिवालयसम्मको विद्यार्थी राजनीति गरेका देवकोटा हाल अखिल नेपाल जनस्वास्थ्य संघको केन्द्रीय उपाध्यक्ष हुन् । जिल्लामा चार दलीय गठबन्धन भए पनि वडाध्यक्ष कुन पार्टीले पाउने अझै ठेगान नभएको समयमा आंकाक्षीले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
उनीसँगै वडाध्यक्षमा ५ जनाको दाबी परेको छ । मानबहादुर पौडेल, जाेनी सुनार, दुर्योधन अधिकारी र शंकर रोका आंकाक्षी हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीले जितेको वडामा तत्कालीन वडाध्यक्ष ठाकुरकान्त रानाभाट निर्वाचित भएका थिए । साउन २०, २०७७ मा बलात्कारको आरोपमा पक्राउ परेका उनी निलम्बनमा परेका थिए ।
उनले ८१३ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका निकट प्रतिद्वन्द्वी माओवादी क्रेन्दका अधिकारी ४२० मत पाएका थिए । त्यस्तै, नेपाली कांग्रेसका केदार नाथ देवकोटाले ३७५, नेकपा एमालेका कमल बहादुर बोगटीले २२१ र स्वतन्त्रबाट उम्मेदवार बनेका राम बहादुर वि.कले ६१ मत पाएका थिए ।
वडाध्यक्षबाहेक सदस्य पदमा भने माओवादीले क्लिन स्विप नै गरेको थियो । वडाध्यक्षमा ३९३ मतान्तर रहेको थियो । पछिल्लो समय नयाँ शक्ति हाल जनता समाजवादी पार्टी (जसपा) को चाम नभएकाले पार्टीले टिकट दिएमा निर्वाचित हुने उनको दाबी छ ।
पछिल्लो समय हरेक वडामा युवाहरूको सहभागी रहनुपर्ने आवाज उठिरहेको समयमा उनले टिकट पाएमा संग्रह पालुङटारका विकाशमा हातेमालो गर्ने उनकाे इच्छा छ ।
प्रतिक्रिया