+
Search

ताजा अपडेट +

पपुलर +

दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, हुदैंछ यस्ताे निर्णय !

पालिका लाइभ
२०७७ कार्तिक ४, मंगलवार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बाेलाएका छन्। अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिए। सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि बसेको थिएन।

ती मन्त्रीका अनुसार कोरोना संक्रमणको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णयमा सबैतर्फबाट आलोचना व्यहोरिरहेकोले मंगलबारको बैठकमा यो विषयमा छलफल गर्न सक्ने संभावना छ।

कोरोना संक्रमितको उपचार र परीक्षण खर्च संक्रमितले आफैँ व्यहोर्नुपर्ने निर्णयका कारण ओली सरकार प्रतिपक्षी र सर्वसाधारण माझ मात्र होइन, आफ्नै पार्टीभित्र पनि आलोचित बनेको छ।

असाेज १९ गते सरकारले यस्ताे निर्णय गरेकाे थियाे। उक्त निर्णय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेपछि आलाेचना भएकाे थियाे।

संविधानकाे माैलिक हक र सर्वाेच्च अदालतकाे आदेश विपरीत हुने गरी सरकार कोरोना संक्रमितको उपचार र परीक्षण गर्ने दायित्वबाट पछि हटेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ