+
Search

ताजा अपडेट +

पपुलर +

सिन्धुपाल्चोकका सीडीओ भन्छन्– भूकम्पले पहिरोको थप जोखिम बढ्यो

पालिका लाइभ
२०७७ भाद्र ३१, बुधबार

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर भूकम्प गए पनि हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले क्षतिको जानकारी नभएको बताए।

रातभर पानी परेको र बिहानै भूकम्प गएकाले पहिरोको थप जोखिम बढेको पनि उनले बताए। ‘भूकम्पको केन्द्र राम्चेको अवस्था अहिलेसम्म ठीकै छ, हामी थप बुझ्ने क्रममा छौं,’ उनले भने।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टरस्केलको भूकम्प गएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ