+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यका नगरपालिका फोरमले भन्याे : यस्तो निषेधाज्ञाले हुँदैन, तुरुन्त सच्याऊ

पालिका लाइभ
२०७७ भाद्र १८, बिहीबार

काठमाडौं- काठमाडौं उपत्यका नगरपालिका फोरमले अहिले उपत्यकामा जारी निषेधाज्ञा फितलो भएको भन्दै यसलाई अविलम्ब सच्याई कडा बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै फोरमले आजदेखि थप गरिएको निषेधाज्ञामा ‘दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल/व्यवसाय सञ्चालन गर्न सकिने…’बुँदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

यस्तो निषेधाज्ञाको खासै अर्थ नहुने भन्दै फोरमले यस आदेशलाई तुरुन्त सच्याई अत्यावश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म खुला गर्नेसम्म मात्र कायम राख्न माग गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ