+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा मंगलबार २१ सहित ५२ जनाले जिते काेराेना

पालिका लाइभ
२०७७ असार २३, मंगलवार

गोरखा- जिल्लामा मंगलबार २१ सहित ५२ जनाले काेराेनालाइ जितेका छन् ।

मंगलबार (आज ) जिल्लाका विभिन्न गाउँपालिकाका २१ जना कोरोनालाई जितेर घर जाने तयारीमा रहेका छन् ।

गोरखा र पालुङटार नगरपालिकाका तथा शहिद लखन गाउँपालिकाले

२१ जनामध्ये २ महिला र १९ पुरुष रहेका छन् । आज डिस्चार्ज भएकामध्ये ११ जना भिमसेन थापा गाउँपालिकाका छन् ।

भिमसेन थापाका वडा नं ४, ५ र ६ नं का ६, ३३, ३५, २६, ४७, ३१,२२, ३०,५ , ५८ र २८ बर्षका कोरोना संक्रमित निको भएका हुन् ।

डिस्चार्ज हुनेमा गोरखा नगरपालिका वडा नं २ का ७७ र १५ बर्षका पुरुष, पालुङटार नगरपालिका वडा नं ७ का ४१, ४५ र २८ बर्षका पुरुष, अजिरकोट गाउँपालिका वडा नं ५ का ५० बर्षका पुरुष र बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ का २४ बर्षका पुरुष रहेका छन् ।

यस्तै, शहिद लखन गाउँपालिका वडा नं ६, ७ र ९ का पुरुष पनि डिस्चार्ज भएका छन् । उनिहरु सबै २३ बर्षका रहेका छन् । आफ्ना नागरिकलाई आइसोसनबाट लगेको छ । गोरखा क्याम्पस आइसोलेसनमा ३२ जना र गोरखा अस्पताल आइसोलेसनमा ५ जना संक्रमित उपचार गराईरहेका छन् ।

गाेरखामा ९९ जनामा काेराेना पृष्टि भएकाे छ भने अाजसहित २ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ