+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा १५ हजार जनामा कोरोना संक्रमण हुन सक्छ, विदेशबाट आउने क्रमले अझ बढ्न सक्छः विज्ञ

पालिका लाइभ
२०७७ जेष्ठ २४, शनिबार

काठमाडौं- नेपालमा कम्तीमा १५ हजार जनालाई कोरोना संक्रमण हुन सक्ने अनुमान स्वास्थ्य क्षेत्रका एक सरकारी अधिकारीले गरेका छन्।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शनिबार बिहान कुरा गर्दै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार पुग्न सक्ने आकलनाका साथ तयारी भइरहेको जानकारी दिएका हुन्।

‘हामीले अहिलेसम्मको अवस्था हेर्दा १५ हजार जनालाई संक्रमण हुन सक्ने अनुमान गरेका छौं,’ डा. पाण्डेले भने, ‘त्यहीअनुसार सरकारले तयारी गरेको छ।’

विश्वको कूल जनसंख्याको ०.०५ प्रतिशत मानिसलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको हो।

संक्रमण बाहिरी मुुलुकबाटै भित्रिरहेकाले अहिले विदेशबाट नेपाली फर्काउने क्रम सुरु भएकाले अझ संक्रमणको सम्भावना बढेर जाने डा. पाण्डेकाे भनाइ छ। नेपालमा अहिलेसम्म संक्रमितकाे संख्या २९ सय कटेकाे छ।

‘अहिलेसम्म संक्रमण फैलिएकै विदेशबाट भित्रिनेका कारण त हो नि,’ उनले भने, ‘त्यसकारण सरकारले विदेशबाट फर्काइने नागरिक व्यवस्थापनको तयारी गरिरहेको छ।’

मृत्युचाहिँ कति हुने अनुमान छ त?

मृत्युचाहिँ विशेषगरी क्वारेन्टिनमै बढी भएको देखिएकाले त्यसको व्यवस्थापनमा भरपर्ने डा. पाण्डेले बताए।

‘अहिले जति पनि मृत्यु भएको छ, धेरैजसो लक्षण नदेखिएका बिरामी परेका छन्,’ उनले भने, ‘क्वारेन्टिनको व्यवस्थापन राम्रो बनाउने हो भने यो घटाउन सकिने देखिन्छ।’

उनले संक्रमितको जसरी मृत्युको भने अनुमान प्रस्ट पारेनन्।

नेपालमा कोरोनाकै कारण भन्दा पनि अन्य रोगका कारण बिरामीको मृत्यु भइरहेको हो कि भन्नेतर्फ पनि अध्ययन भइरहेको डा. पाण्डेकाे भनाइ छ।

नेपालखबरबाट

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ