+
Search

ताजा अपडेट +

पपुलर +

कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने

पालिका लाइभ
२०७७ जेष्ठ १२, सोमबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संबोधन गर्दै विज्ञहरुको सुझावअनुसार त्यसो गर्न लागिएको जानकारी दिएका हुन्।

त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ। सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालकाे कूल जनसंख्या २ कराेड ९९ लाख ६६ हजार २ सय ४० रहेकाे छ।

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ