+
Search

ताजा अपडेट +

पपुलर +

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

पालिका लाइभ
२०७७ जेष्ठ ८, बिहीबार

काठमाडौं- नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

रुपन्देही १ र झापा ८ जना गरी ९ जनामा संक्रमण देखिएको उनले बताए।

यो सहित नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

डा देवकोटाका अनुसार आज ४ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।

नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन्। ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ