+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीकाे आह्वान: म घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमैं बस्नुहोस

पालिका लाइभ
२०७६ चैत्र १२, बुधबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारबाट सुरु भएको देशव्यापी लकडाउनका बेला सबैलाई घरमै बस्न र आवश्यक कामकारवाही पनि घरबाटै गर्न आह्वान गरेका छन्।

‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमैं बस्नुहोस्,’ प्रधानमन्त्री ओलीले बुधबार ट्विटमार्फत् सबैलाई आह्वान गरेका छन्।
अर्को घोषणा नभएसम्म घरमैं बस्न प्रधानमन्त्रीले आह्वान गरेका हुन्। सरकारले कोरोना संक्रमण रोक्नका लागि मंगलबारदेखि एक हप्ता लामो देशभर लकडाउन लागु गरेको छ।

यो अवधिमा अत्यावश्यक कामका लागिबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ