+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

पालिका लाइभ
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौं- नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ ।

बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा भोजपुरी भाषाको मनोरञ्जनात्मक“भोजपुरी म्याजिक”नामक च्यानल पनि सुरु गरेको छ ।

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपालीदर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ ।

साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ