+
Search

ताजा अपडेट +

पपुलर +

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ

पालिका लाइभ
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं- बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंले सोमबार फैसला सुनाउँदै महरालाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसला विरुद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो ।

महराले असोज १२ गते राति तीनकुनेस्थित रोशनी शाहीको कोठामा गएर बलत्कारको प्रयास गरेको शाहीले प्रहरीलाई जानकारी गराएकि थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ