काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा अाेलीले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन् ।
आइतबार रात्रि’भोजका लागि नेकपाले आफ्ना सांसदहरुलाई मोबाइल मार्फत सन्देश पठाएको हो ।
सन्देशमा प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थित हुन नेकपाले ‘ह्वीप’ जारी गरेको छ।
स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयास स्वरुप प्रधानमन्त्री ओलीले भो’जको आयोजना गरेका हुन्।
भोज का लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ।
नेकपा सांसदहरुबीच एम सी सी संसद्बाट अनुमोदन गर्न हुने/नहुने विषयमा मतान्तर छ।
भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा न रहेको भन्दै विरोध जनाइरहेका छन्।
केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्।
एम सी सीलाई संसद्बाट छिटो अनुमोदन गराउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले द बाब बढारहेको छ।
प्रतिक्रिया