+
Search

ताजा अपडेट +

पपुलर +

ट्रम्पको आदेशमा इरानी जर्नेल मारिएपछि इराक रणमैदान बन्ने खतरा

पालिका लाइभ
२०७६ पुष १८, शुक्रबार

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच ह्वात्तै तनाव बढेको छ।

यो हत्याको बदला इरानले कसरी लेला भन्ने विषयमा अहिले सैन्य विश्लेषकहरु माथापच्ची गरिरहेका छन्। इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले सुलेमानीको हत्याको बदला लिने बाचा गरेका छन्।

‘सुलेमानी र अन्यको हत्यामा संलग्न अपराधीहरुमाथि कठोर बदला लिइनेछ,’ खामेनीले भनेका छन्। उनको मृत्युपछि इरानमा तीन दिने शोक पनि घोषणा गरिएको छ।

अमेरिकाले सुलेमानीमाथि किन गर्‍यो आक्रमण?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका मेजर जनरल सुलेमानीको गाडीलाई इराकको बगदाद इन्टरनेसनल एयरपोर्टनजिकै रकेट प्रहार गरिएको थियो। यो आक्रमणको आदेश ट्रम्पले नै दिएका थिए।

मध्यपूर्वमा इरानी गतिविधि सञ्चालन गर्ने मुख्य व्यक्तिका रुपमा चिनिन्थे सुलेमानी।

अमेरिकाले दुश्मनका रुपमा हेर्ने गरेपनि सुलेमानीले इस्लामिक स्टेटविरुद्धको युद्धमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले अग्रमोर्चामै रहेर इस्लामिक स्टेटसँगको युद्ध सञ्चालन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ