+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, २० बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै

पालिका लाइभ
२०७६ आश्विन २६, आईतवार

काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बीच वार्ता भएको हो ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थ युवराज खतिवडा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी छ।

यस वार्तापछि द्विपक्षीय २० बुँदे समझदारी पत्रमा हस्ताक्षर हुने छ।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, काठमाडौं टोखा– नुवाकोटको छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय. कर्णाली करिडोर लगायत समटिएका छन्।

केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि समेटिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ