+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीले भने – सीको नेपाल भ्रमणले दक्षिण एसियामा शान्ति र स्थिरता राख्नेमा सहयोग पुग्छ

पालिका लाइभ
२०७६ आश्विन २५, शनिबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियां राष्टपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्ध ऐतिहासिक हुने भन्दै त्यसबाट दुई देशको सम्बन्ध नयांस्तरमा पुग्ने बताएका छन् ।

चिनियां सरकारी समाचार संस्था सिन्हासंग शनिवार विशेष अन्र्तवार्ता दिदैं प्रधानमन्त्री ओलीले १९५५ मा दुवैदेशबीच कुटनैतिक सम्बन्ध स्थापना भएदेखी नै मित्रता मजबुत भएको बताए ।

उनले २३ वर्षपछि हुन लागेको सीको राजकीय यात्रा नयां अर्थको साथ हुने भन्दै जसले दुई देशको बीच राजनीतिक, आर्थीक, सामाजिक र सांस्कृतिका सम्बन्ध बढाउने अवसर भएको बताए ।

उनको नेपाल यात्राले दक्षिण एसियामा शान्ति र स्थिरता राख्नेमा सहयोग पुग्ने भन्दै यसले पुरै एसिया क्षेत्रका छिमेकीहरुको मित्रता, आपसी समझदारी र आर्थिक विकासमा योगदान पुग्ने दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले अन्र्तवार्तामा शान्ति,समानता र न्यायको रक्षाको लागी चीन विश्वस्तरमै महत्वपूर्ण भुमिका खेलिरहेको धारणा राखेका छन् ।

उनले भने ‘चीन बिआरआई र अन्य द्धिपक्षीय परियोजनामार्फत आर्थिक विकासमा ध्यान केन्द्रित गरिरहेको छ, मलाई आशा छ दुवै देशबीच सड्क,रेलवे र हवाई क्षेत्रमा सहयोग मजबुत गर्नेछौ र सहयोगको नयां क्षेत्र पनि खोज्ने कोशिस हुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ