काठमाडौं- चीनका राष्ट्रपति सी जिनपिङको शुक्रबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ ।
सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न सहयोग गर्न अनुरोध गरेका छन् ।
तर, जरुरी काम नभए सकेसम्म सवारीसाधन लिएर ननिस्किए ट्राफिक प्रहरीलाई सहज हुने उनले बताए ।
यसअघि विभिन्न राष्ट्रका प्रमुख वा विशिष्ट व्यक्तिको भ्रमणका क्रममा सरकारले ‘जोड–विजोड प्रणाली’ लागू गर्ने गरेको थियो ।
तर, सीको भ्रमणको दिन शनिबार पर्ने र आइतबार पनि सरकारले सार्वजनिक विदा दिइसकेकाले जोड–विजोड प्रणाली लगाइएको छैन ।
बरु ट्राफिक महाशाखाले ७ बुँदे अपिल सर्वसाधारण समक्ष जारी गरेको छ । ढकालले भने, ‘हामी यो अपिल सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गर्छौं ।’
प्रतिक्रिया