+
Search

ताजा अपडेट +

पपुलर +

चिनियां राष्ट्रपतिको स्वागतको लागी आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

पालिका लाइभ
२०७६ आश्विन २४, शुक्रबार

काठमाडौं– नेपालको राजकिय भ्रमणमा शनिवार काठमाडौं आउन लागेका चिनियां राष्ट्रपति सी जिनपिङको स्वागतका लागी सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतको दाबी छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

सरकारले यसअघि पनि विभिन्न देशका राष्ट्रप्रमुख आउंदा सम्मानस्वरूप सार्वजनिक बिदा दिंदै आएको थियो ।

दुई दिने भ्रमणको क्रममा काठमाडौं आउन लागेका सी लाई उच्चस्तरिय सम्मान र सुरक्षा दिने सरकारको तयारी छ ।

साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ