+
Search

ताजा अपडेट +

पपुलर +

दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या

पालिका लाइभ
२०७६ असार २४, मंगलवार

धनगढी- दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका – ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राति एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

दुबै दाजुबहिनी महाकाली नगरपालिका-४ खलंगा बजारमा रहेको विष्ट वियरबारमा डेरा गरी बस्दै आएका थिए। पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान उनीहरुको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजुबहिनी पर्छन्। मनिसाको विवाह भइसकेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ