+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक यातायातको भाडासँगै ट्याक्सी भाडा पनि बढ्यो

पालिका लाइभ
२०७६ जेष्ठ ३०, बिहीबार

काठमाडौं- सरकारले ट्याक्सी भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो।

ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो।  यो नियम लाग्ने भएसँग अब ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ।

यसको अर्थ पहिलो ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ। यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्। तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ। यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ