+
Search

ताजा अपडेट +

पपुलर +

मुहार फेरिंदै विजया भवानी

पालिका लाइभ
२०७६ जेष्ठ २३, बिहीबार

गाेरखा- जिल्लाको दक्षिणी भेगमा अवस्थित सवैभन्दा पुरानो विजया भवानी माध्यमिक विद्यालयको भूकम्प पश्चातको नयाँ भवनका साथै नयाँ प्रशासनले मुहार फेरिंदै छ ।

जापानी सरकारको जाइकाद्धारा निर्मित १२ कोठे अत्याधुनिक सुविधासम्पन्न भवनका साथै उच्च स्तरको खेलमैदानका कारण विद्यालयको मुहार फेरिएको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक दिल वहादुर गुरुङको सरुवा र नयाँ प्रधानाध्यापक ठाकुर गुरुङको नयाँ आगमन संगै विद्यालयको आमुल परिवर्तन भएको हो ।

करिव एक दशक लामो निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराएको अनुभव तथा दक्षता र निजी विद्यालयमा प्रशासन सम्हालेको अनुभवलाई भरपुर यस विद्यालयमा प्रयोग गरेका कारण विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको उनको ठम्याई छ ।

नेपाल सरकारको सिमान्तकृत सूचिमा सुचिकृत चेपाङ समुदायका विद्यार्थीको करिव ७० प्रतिशत अध्ययन हुने यस विद्यालयले नयाँ शैक्षिक नीति र नियम तथा चुस्त दुरुस्त प्रशासनका कारण विद्यालयको मुहार फेरिएको श्री विजया भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङ वताउँछन् ।

आगामी साउन महिनादेखि कक्षा १० का विद्यार्थीहरुलाई केन्द्रित गरेर अनिवार्य आवासिय छात्रावास, दिवा खाजा कार्यक्रम, मासिक परीक्षा, इकाइ पाठयोजना अनुसारको शिक्षण, निरन्तर विद्यार्थी मूल्याङकन, अंगे्रजी माध्यमको विहानी प्रार्थना, प्रार्थनामा प्रतिभा प्रष्फुटन कार्यक्रम, शैक्षिक कार्यपात्रो अनुसारको शुक्रवारे कार्यक्रम लगायतका अन्य कार्यक्रम हुदै अाएकाे छ ।

आर्कषक कक्षाकोठा व्यवस्थापन, वालकक्षामा वुक कर्नरको व्यवस्था, सुविधासम्पन्न विज्ञान प्रयोगशाला, अत्याधुनिक पुस्तकालय, मल्टीमिडियावाट शिक्षण, मल्टीप्रपोजहलमा विविध विद्यार्थीको प्रतिभा प्रस्तुत, सूचकको आधारमा शिक्षकको स्वमूल्यांकन गर्ने व्यवस्था आदिका कारण विद्यालयको शैक्षिक उन्नति भएको प्रधानाध्यापक गुरुङको दावी रहेको छ ।

नयाँ प्रशासन संगै विद्यार्थीहरुलाई विद्यालय पोशाकमा चुस्त दुरुस्त, प्रार्थनामा नयाँ कार्यक्रम, कक्षागत गीत प्रस्तुत, खाली पिरियडको व्यवस्थापन, कक्षा मनिटर, प्रार्थनामा छड्के हाजिरी आदिको कारणले विद्यार्थीको मनोवल वढेको कक्षा १० मा अध्ययनरत छात्रा अनिसा पुलामी वताउँछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ