+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे विकास वारी र पारीलाई जाेड्दा हुन्छ : सांसद अधिकारी

पालिका लाइभ
२०७६ जेष्ठ १६, बिहीबार

गोरखा– गोरखा क्षेत्र न १ का सांसद हरिराज अधिकारीले गोरखाको विकास वारी र पारीलाई जोड्दा हुने दाबी गरेका छन् ।

गण्डकी गाउँपालिका-१, मकैसिङको भवानी माध्यमिक विद्यालयको ५९औ वार्षिक उत्सव तथा अभिभावक दिवस अवसरमा उने यस्तो बताएका हुन् ।

वैकल्पिक राजमार्गको योजना अगि बढाएको दाबी गर्दै अधिकारीले पृथ्वी राजमार्गलाई मात्र नभई गोरखातिरका भागलाई समेटेर दीर्घकालीन योजना अघि बढाउने पर्ने बताए ।

उनले गोरखा तिरको भागलाई समेटेर वैकल्पिक राजमार्ग बनाउनका लागि पहल गरिरहेको बताए । भने ‘मेलै वैकल्पिक राजमार्ग निर्माण गर्नका लागी गोरखा तिरका भागको अध्ययन गरी केन्द्रमा पेस गरेको छु । जहाँसम्म लाग्छ ३/४ वटा पुल निर्माण गर्न सके यो योजना कार्यान्वयन हुन्छ । ‘

तिन तहको सरकार भएको भन्दै उनले विभिन्न आयोजना तहगत सरकारले हेर्ने बताए । ‘राष्ट्रिय गौरवको आयोजनाहरू केन्द्र सरकारले हेर्छ। त्यो भन्दा अलि सानो योजना प्रदेश सरकारले हेर्छ र अरू आयोजना स्थानीय तहले गर्छ । प्रदेश सरकार र स्थानीय तह भएको १ वर्ष भन्दै केही कसको अधिकार कति भन्नेमा नै अन्योल भएकाले विकासका समस्या आएको छ । त्यसैले अब त्यसैले सबै मिलेर विकास योजनामा लाग्नु पर्छ ।’

गण्डकी गाउँपालिका जनप्रतिनिधिले आफूलाई उपेक्षा गरेको भन्दै अधिकारीले दुःख व्यक्त गरे । भने ‘गाउँपालिका अध्यक्षलाई फोन गरे । उहाँले फोन नै उठाउनु भएन । उपाध्यक्षलाई फोन गरे आउँछु भन्नुभएको थियो, पछि आउनु भएन । कार्यकारीलाई फोन गरे । उहाँको फोन नै बुनिएछ किन यस्तो उपेक्षा गरियो । मलाइ प्रमुख अतिथि बनाएकाले यस्तो गरिएको हो कि किन हो मैले बुझ्नै सकिएन ।’

उनले सिंहदरबारको अधिकार गाउँघरमा ल्याउने भनेको फेरी फर्केर उतै जाने सम्भावना रहेको भन्दै भने ‘सिंहदरबारको अधिकार गाउँघरमा ल्याउनु भनेको अधिकारी फेरी उतै जाने त होइन । विभिन्न खालका योजनामा हामी चुक्यौ भन्ने संघियता नै धरापमा जान्छ । त्यसैले केन्द्रका योजना, प्रदेशका योजना र स्थानीय तहका योजना सबै समेटेर नै हामी अगि बढेका मात्र समग्र गोरखाको विकास हुन्छ ।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ