+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रीको पदभार सम्हाल्दै अनितादेवीले भनिन्- जनसेवा पहिलो प्राथमिकता

पालिका लाइभ
२०८० श्रावण २९, सोमबार

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन् ।

सिंहदरबारमा पदभार ग्रहणपछि उनले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताइन् ।

साहले भनिन्, ‘मन्त्रालयको जति पनि काम कारबाही हुन्छ । आम नागरिकलाई कसरी सहज ढंगले सेवा प्रवाह गर्नसक्छौं । त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं । पार्टीको कुरा यसमा आएन । संविधानअनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री बनेकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका अमनलाल मोदीलाई माओवादीले आइतबार फिर्ता बोलाएको थियो ।

अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ