+
Search

ताजा अपडेट +

पपुलर +

मनकामनामा अवैध होर्डिङ बोर्ड, ३५ दिन भित्र हटाउन वन कार्यालयकाे निर्देशन (भिडिओ)

पालिका लाइभ
२०८० श्रावण २७, शनिबार

गोरखा- डिभिजन वन कार्यालय, गोरखाले सहिद लखन गाउँपालिका–३ स्थित शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र राखिएका होर्डिङ बोर्डहरू हटाउन निर्देशन दिएको छ ।

वन कार्यालयले वन क्षेत्र भित्र अनधिकृत रूपमा होर्डिङ बोर्ड राखिएको भन्दै ३५ दिन हटाउन निर्देशन दिएको हो ।

यो स्थानमा काठमाडौँको एक एजेन्सीले होर्डिङ बोर्ड राख्दै आएको हो । वन क्षेत्र भित्रमा  सिटिजन बैंक लिमिटेड, होङ्सी सिमेन्ट र फोन पे पेमेन्ट सर्भिस लिमिटेडलाई ३५ दिन भित्र विज्ञापनका लागि राखिएको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको हो ।

221515 Bord manakamana

मनकामना केबलकार मुनि पर्ने सामुदायिक बनमा राखिएको बोर्ड गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, वन उपभोक्ता समूहका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी बैठक बसेर हटाउने निर्णय गरेको हो ।

वन कार्यालयले दिएको निर्देशनमा निर्णय बमोजिम विज्ञापन एजेन्सीले सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा होर्डिङ बोर्ड हटाउन र कार्य प्रगति प्रतिवेदन सामुदायिक वन उपभोक्ता समिति मार्फत कार्यालयमा पेस गर्न भनिएको छ ।

5551515 Bord manakamana

तोकिएको समय भित्र विज्ञापन र्बोड नहटाए प्रचलित कानुन बमोजिम कारबाही गरिने वन कार्यालयले चेतावनी समेत दिएको छ ।

सामुदायिक बन, गाउँपालिका र सहित सरोकारवालाहरूको साउन ११ गते बसेको बैठकले बोर्ड हटाउने निर्णय गरेपछि १२ गते कार्यालयले निर्देशन सहितको पत्र सम्बन्धित सरोकारवालाहरू पठाएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ