गाेरखा– हिजो देखि शुरु भएको गोरखा जिल्लाका किशोरीहरुको भेला नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । भेलाले शर्मिला बसेलको अध्यक्षतामा ९ सदस्सीय सञ्चालक समिति गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा सुस्मिता गुरुङ, सचिवमा मनिसा बोगटी, सहसचिवमा सुसिला थापा, कोषाध्यक्षमा बबिता गुरुङ चयन भएका छन् ।
त्यसै गरि समितिका सदस्यहरुमा लक्ष्मी गुरुङ, ज्योती नेपाली, रुपा भारती, दिपा भट्टराई, चयन भएका छन् भने सल्लाहकारहरुमा रोजिना खनाल र सन्जु ओझा चयन भएका छन् ।
महिला तथा बालबालिका कार्यालय गोरखा, सेभ द चिल्ड्रेन, पद्धती बिकास सेवा केन्द्र, स्वाराँ सधन गाँउबिकास केन्द्रको संयुक्त आयोजना भएको भेलामा किशोरीहरुलाई लैङ्गिक हिसाँ के हो ? किशोरीहरुको अबस्था, लैङ्गिक हिसाँ अन्त्यका लागि समुदायमा खेल्नु पर्ने भुमिका लगायतका बिषयमा जानकारी गराईएको बालअधिकृत कमल श्रेष्ठले बताउनु भयो ।
भेला पछि आजै दिउसो सदरमुकामको तमुहलमा लैङ्गिक हिंसा न्युनीकरणका लागि किशोरी सन्जाल र सरोकारवालाहरुको भुमिक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो
प्रतिक्रिया