+
Search

ताजा अपडेट +

पपुलर +

आजबाट सबै पसल व्यावसाय खुल्ने, यातायातमा जोर विजोर कायमै

पालिका लाइभ
२०७७ आश्विन १, बिहीबार

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको व्यावसायिक गतिविधिलाई थप खुकुलो बनाएको छ।

यो भन्दा अघि निर्धारण गरिएको बार अनुसारको व्यवसाय खोल्ने व्यवस्था हटाएर हरेक दिन सुचारु गर्न पाउने व्यवस्था गरेको हो।

तर गाडीहरु भने जोर विजोरको व्यवस्था यथावत राखेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा बिहिबार जारी सूचनामा सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई अझै पनि निषेध गरिएको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न, जात्रा, महोत्सव, भोज मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा निृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि रोक लगाइएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ