+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन मोडालिटी परिमार्जनका विषयमा छलफल गर्दै प्रधानमन्त्री

पालिका लाइभ
२०७७ जेष्ठ २१, बुधबार

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले लकडाउन मोडालिटी परिमार्जनका विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न २५ भन्दा धेरै क्षेत्रका विज्ञसँग छलफल गर्न थालेका हुन्।

लकडाउन मोडालिटी परिमार्जनका विषयमा विभिन्न क्षेत्रका विज्ञलाई बेलुका ४ बजे प्रधानमन्त्री निवास बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

छलफलमा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल सहित समितिका सदस्य रहेका मन्त्रीहरु, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ, जनस्वास्थ्यका विज्ञलाई समेत छलफलमा निमन्त्रणा गरिएको छ।

यस्तै अर्थ क्षेत्र, व्यापारिक क्षेत्र, सामाजिक क्षेत्र, नागरिक समाज लगायतका व्यक्तिहरु समेत छलफलमा सहभागी गराउने तयारी छ।

प्रधानमन्त्री ओलीले लकडाउन कायम राखेर आर्थिक गतिविधि सुरु गर्न र दैनिक जनजीवन सहज हुनेगरी लकडाउन परिमार्जन गर्ने तयारी गरेका छन्। लकडाउनको अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर समेत परिमार्जन गर्ने याजना बनाइएको छ।

लकडाउनको मोडालिटी परिमार्जनको प्रस्ताव तयार भएपछि मन्त्रिपरिषदबाट निर्णय गराइने भएको छ। सरकाले आगामी जेठ ३२ गतेसम्मका लागि देशैभर लकडाउन लगाउने निर्णय गरिसकेको छ।

उच्चस्तरीय समितिले मंगलबार आर्थिक र नागरिक समाजका प्रतिनिधिसँग लकडाउन मोडालिटीका विषयमा छलफल गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा लकडाउन परिमार्जनका विषयमा छलफल भएको हो।

आर्थिक र नागरिक समाजका प्रतिनिधिले संक्रमण कम हुनेगरी आर्थिक गतिविधि सुरु गर्नुपर्ने मत राखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ