+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चको आदेश- पैदल यात्रामा रहेकालाई नि:शुल्क यातायातकाे व्यवस्था गरी गन्तव्यमा पुर्‍याउनू

पालिका लाइभ
२०७७ बैशाख ५, शुक्रबार

काठमाडाैं– सर्वोच्च अदालतले लकडाउनका कारण काठमाडौंलगायतका सहरबाट गाउँ फर्केका मानिसहरुलाई निःशुल्क यातायातको व्यवस्था गरी तत्काल सम्बन्धित स्थानमा पुर्‍याउन अन्तरिम आदेश जारी गरेको छ।

सहरमा समस्या भएर पैदल हिंडेकाहरु प्रति राज्यको दायित्व बाेध गर्दै उनीहरुको स्वास्थ्य परीक्षणलगायतका कार्य गरी तत्काल तोकेको स्थानमा पुर्‍याउनुपर्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ।

महिला, बालबालिका, जेष्ठ नागरिको विशेष सुरक्षा व्यवस्था गर्दै उनीहरुको स्वास्थ्य परीक्षण गर्नु र कोरोना भाइरसको संक्रमण भएको पाइएमा क्वारेन्टाइन वा आइसोलेसनमा राखी उपचारपछि निको भएर उचित स्थानमा पुर्‍याउने व्यवस्था मिलाउन सर्वोच्चको आदेशमा भनिएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलाशले यस्तो आदेश गरेको हो।

हजारौं मजदुरहरु सडकमा हिडिरहेको र लकडाउनका कारण सवारी साधनसमेत नहुदाँ समस्यामा परेपछि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले सरकारको नाममा शुक्रबार यस्तो आदेश गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ