+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना: १९ लाख ७३ हजार संक्रमित, १ लाख २५ हजारको मृत्यु, ४ लाख ७४ हजार निको

पालिका लाइभ
२०७७ बैशाख ३, बुधबार

काठमाडौं- विश्वभर १९ लाख ७३ हजार ७ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कोरोना संक्रमण दर सबैभन्दा उच्च देखिएको छ। त्यहाँ ६ लाख ५ हजार १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै स्पेनमा १ लाख ७२ हजार ५ सय ४१, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट विश्वभर १ लाख २५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्रै २१ लाख ६ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा २१ हजार ६७, स्पेनमा १८ हजार ५६, फ्रान्समा १५ हजार ७ सय २९ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमित ४ लाख ७४ हजार २ सय ६१ जना उपचारपछि निको भएका छन्। चीनमा ७८ हजार २ सय, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ