+
Search

ताजा अपडेट +

पपुलर +

बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप १० दिन बढ्ने

पालिका लाइभ
२०७७ बैशाख २, मंगलवार

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

मन्त्रिपरिषदको बैठकले तेस्रो पटक लकडाउनको म्याद थप्न सक्ने एक मन्त्रीले बताए।

अब थपिने लकडाउन हप्ता दिनदेखि १० दिनसम्म हुनसक्ने अनुमान गरिएको छ। सरकारले तेस्रो पटक थप गरेको लकडाउन बुधबार सकिँदैछ।

प्रधानमन्त्री ओलीले गत शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समार्फत् बैठक गर्ने क्रममा मुख्यमन्त्रीहरूले लकडाउनको अवधि थप्न सुझाब दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ