+
Search

ताजा अपडेट +

पपुलर +

सिताराम झोला कम्पनीले गोरखामा नै बनायाे ‘पिपिइ’

पालिका लाइभ
२०७६ चैत्र २२, शनिबार

गोरखा- विश्वभरी फैलिएको कोरोना भाइरसबाट बच्नका लागि लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ ) बनाउने कम्पनी गोरखामा खुलेको छ ।

गोरखा नगरपालिका वडा नंं ६ स्थित हरमटारी चोकमा रहेको सिताराम झोला कम्पनीले यो सामग्रीको निर्माण थालनी गरेको छ ।

स्वेदशमा नै निर्माण गर्न सकिने सामग्रीहरुका लागि सरकार विदेशीको भर परिरहेका बेला गोरखा लगायत गण्डकी प्रदेशका पालिकाहरुलाई यस कारखानाले माग अनुसारका आपूर्ती गर्दै आएको हो ।

कारखानाले जिल्लाको पालुङ्टार, सिरान्चोक, अजिरकोट, गोरखा नगरपालिका, चुमनुब्री गाउँपालिका, म्यादी, बाग्लुङका नगरपालिका तथा गाउँपालिकाहरुमा पिपिइ सप्लाई गरिसकेको कम्पनीका प्रोपाईटर सिताराम नेपालीले बताए ।

मापदण्डमा कुनै कमि छैन बरु विदेशबाट ल्याएको सामग्रीमा कमजोरी होला तर यहाँ तयार गरेको सामग्री गुणस्तरीय रहेको प्रयोगकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ