+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना मन्दिरदेखि काहुले भंगारसम्म अन्तर्राष्ट्रिय म्याराथान दाैँड हुदैँ

पालिका लाइभ
२०७६ पुष १८, शुक्रबार

गोरखा- गोरखाको शहिद लखन गाउँपालिकामा अन्तर्राष्ट्रिय म्याराथान हुने भएको छ ।

गाउँपालिकाको मनकामना मन्दिरदेखि शहिद लखन थापाको जन्मस्थल बुंकोटको काहुले भंगारसम्म अन्तर्राष्ट्रिय म्याराथान हुने भएको हो।

शुक्रवार गाउँपालिकामा बसेको बैंठकले भ्रमण वर्षको अवसरमा दौड गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताए ।

म्याराथान हुने दिन भने गाउँपालिकाको अर्को बैठकले तोक्ने अध्यक्ष थापाले जानकारी दिए।

मनकामनादेखि लखन स्कारकसम्मको दुरी ३० किलोमिटर मात्रै छ । तर, अन्तर्राष्ट्रिय म्याराथन ४२ किलोमिटरको हुने हुनाले यसको लागि थप रुटहरुको अध्ययन भईरहेको अध्यक्ष थापाले बताए ।

यस म्याराथनले भ्रमण वर्ष २०२० संगै यस क्षेत्रको पर्यटन प्रबर्धनमा थप सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको समेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ