+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प प्रभावित घरधनीलाई प्रमाणपत्र वितरण, गुम्दाका २ सय घरधनीले पाए प्रमाणपत्र

पालिका लाइभ
२०७६ पुष ३, बिहीबार

गाेरखा- धार्चे गाँउपालिकाको वडा नम्बर ५ स्थित गुम्दाका भूकम्प प्रभावित घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण सुरु गरिएको छ ।

गुम्दामा आयोजित कार्यक्रममा पुनर्निर्माण सम्पन्न गर्ने २ सय बढी घरधनीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

धार्चे गाँउपालिकाका उपप्रमुख फूलमाया गुरुङले विभिन्न कठिनाईका बाबजुद् निजी आवास निर्माण सम्पन्न गर्ने घरधनी तथा उक्त कार्यका लागि सहयोग पुर्याउने पालिकामा कार्यरत विभिन्न संघसस्थालाई आभार प्रकट गरिन् ।

उपाध्यक्ष गुरुङले पुनर्निर्माणसंग सम्बन्धित सहयोगी संघसंस्थाको समन्वयमा धार्चे गाँउपालिकामा पुनर्निर्माणले गति लिएको बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष तुलबहादुर गुरुङले गुम्दामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले निजी आवास पुनर्निर्माण सहज भएर सम्पन्नता प्रमाणपत्र वितरण गर्न सफल भएको बताए ।

यस्तै, भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले भूकम्प पश्चात पुनर्निर्माण भएका घर तथा आगामी दिनमा बन्ने संरचना पनि भूकम्प प्रतिरोधी बनाउन अग्रसर हुनुपर्ने बताए ।

यसैबीच, परियोजनाले धार्चेका वडा नम्बर ५, ६ र ७ मा १६६९ भूकम्प प्रभावित घरधनीलाई सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ ।

परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माण,वैकल्पिक प्रविधि अन्र्तगत तारजाली घर निर्माण, प्रवलीकरण सुधार प्रविधिमा करिब २ सय डकर्मीलाई तालिम प्रदान गरेको छ ।

साथै, धार्चेको तीन वटै वडामा सामुदायिक नाटक लगायत निजी आवास पुनर्निर्माण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको परियोजना अन्र्तगत गाँउपालिकाका टोलि संयोजक एवम् इन्जिनियर सर्वेश शर्माले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ