+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, हेलिकोप्टरबाटै भयो विमानस्थलसम्मको सवारी

पालिका लाइभ
२०७६ आश्विन २९, बुधबार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका लागि प्रस्थान गरेकी छिन्। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर उनले शीलत निवासदेखि विमानस्थलसम्म पुग्न हेलिकोप्टरको प्रयोग गरेकी छिन्।

म्यानमारको ४ दिने राजकीय भ्रमणमा जान लागेकी भण्डारीले नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि खरिद गरेको हेलिकोप्टर प्रयोग गरेकी हुन्।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार विमानस्थल पुग्न राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको यो पहिलोपटक भने होइन। उनले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको बताए।

म्यानमारका राष्ट्रपति वीन मिन्टको निमन्त्रणामा भण्डारी बुधबार ११ः४० मा नेपाल एयरलाइन्सको विमानबाट रंगुन प्रस्थान गरेकी छिन्।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्ट, स्टेट काउन्सिलर आङसाङ सुकीसँग भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ