+
Search

ताजा अपडेट +

पपुलर +

३३ किलो अबैध निरमसी सहित गोरखाका २ जना लम्जुङबाट पक्राउ

पालिका लाइभ
२०७६ भाद्र २३, सोमबार

लम्जुङ- मर्स्याङदी गाउँपालिका-३ खुदीबजारबाट प्रहरीले ३३ किलो अवैध निरमसीसहित २ जनालाई पक्राउ गरेको छ ।

लेकमा पाइने निरमसी लोपोन्मुख एवं बहुमुल्य जडिबुटीको रुपमा लिइन्छ ।

गोरखाको सुलिकोट गाउँपालिका-१ बारपाकका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङलाई पक्राउ गरिएको डीएसपी रविन्द्रमान गुरुङले बताए।

उनीहरुलाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको उनले बताए ।

शंका लागेर चेकजाँच गर्दा भेटिएको निरमसी जोख्दा पूर्णबहादुरले बोकोको झोलामा ११ किलो र छमबहादुरले बोकेको झोलामा २२ किलो निरमसी फेला परेको उनले बताए ।

डीएसपी गुरुङका अनुसार यसअघि निरमसी यतिका मात्रामा फेला परेका थिएनन्। उनीहरुले बिना पूर्जी अवैध रुपमा निरमसी संकलन गरेको देखिएको छ।

मर्स्याङदी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ।

करिब १ महिनासम्म लेकमा बसेर संकलन गरेर ल्याएको निरमसी उनीहरुले विक्री गर्न बेंसीसहर लैजाने क्रममा प्रहरीले फेला परेको हो।

सुक्दै गरेको निरमसी पुरै सुकेपछि आधा तौल घट्ने प्रहरी बताउँछ। सुकेको निरमसीलाई उनीहरुले ५ हजारदेखि ६ हजारसम्म विक्री गर्दै आएको प्रहरीलाई बताएका छन्।

उनीहरुले घनपोखराको जंगलबाट संकलन गरेर ल्याएको भनेको र घनपोखरा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि एक्यापको जिम्मा लगाइने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ