गोरखा- मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबुलकार मर्मत संभारका लागि आइतवार देखि ५ दिनसम्मका लागि बन्द भएको छ ।
मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार केही प्राविधिक परिक्षण र नियमित मर्मत संभारका लागि ५ दिन बन्द भएकाे हाे ।
केबुलकार सञ्चालन भएको २० बर्ष अवधिमा नियमीत मर्मत संभार भएको भएता पनि निश्चित अवधिमा पुरा गनुपर्ने प्रकृया तथा मापदण्ढ बमोजिम डोप्लीमयेर कम्पनी अष्ट्रेलियाबाट आएका प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा हुने बिशेष र महत्वपुर्ण प्राविधिक परिक्षणका लागि ५ दिन केबुलकार बन्द भएकाे हाे ।
प्राविधिकहरु केबुलकार स्टेशनमा आई सकेको छ । उनीले आईतबार बिहानै देखी नेपाली प्राविधिकहरुसंग सहकार्य गर्दै मर्मतको काम शुरु गरेका छन्।
विदेशी बिज्ञ टोलीले भाद्र २६ गते सम्म केबुलकारको Bullwheel Liner Changing, Main Motor Servicing तथा Rope Re-Splicing काम हुने प्रालिको प्राविधिक शाखाले जानकारी दिएको छ ।
पुर्ण क्षमता चल्दा ३४ डिब्बाबाट प्रति घण्टा ६ सय ५० जना मनकामना मन्दिरमा पुग्ने गर्दछ । केबुलकार २०५५ मंसिर ८ गते स्थापना भएको हो ।
मनकामना दर्शन प्रालिले केबुलकार बन्द हुदा सर्व साधारण र श्रद्वालु भत्तजनमा पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।
प्रतिक्रिया