+
Search

ताजा अपडेट +

पपुलर +

भैँसेपाटीमा बन्दै जिम र स्विमिङपुलसहितको मन्त्रीनिवास

पालिका लाइभ
२०७६ श्रावण २, बिहीबार

काठमाडौं- सरकारले मन्त्रीहरुका लागि जिम र स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आबास बनाउँदैछ।

संसद भवन निर्माणका लागि छुट्याइएको ललितपुरको भैँसेपाटीस्थित सैँबु आबास क्षेत्रमा साढे दुई अर्ब लगानीमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

यही आवास क्षेत्रभित्र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ। दुई वर्षभित्र निर्माण सक्ने तयारी छ।

मन्त्रीहरुको सुविधासम्पन्न निवासमा कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेलिप्याड र स्विमिङ पुल हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ