+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रीका काममा प्रश्न उठ्नु स्वाभाविक हो, हेरफेरको तयारी छैन: रवि लामिछाने

पालिका लाइभ
२०८३ भाद्र ५, शुक्रबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताएका छन् ।

बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताएका हुन् ।

उनले प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने बताए ।

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उनले बताए ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ