काठमाडौं– नाइमाद्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ ।
उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म ९११–१६ अगस्ट २०२६० आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नु हुनेछन् ।
यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया