+
Search

ताजा अपडेट +

पपुलर +

शपथपछि रवि लामिछानेले भने– रास्वपा परिपक्व भएर अघि बढ्नेछ

पालिका लाइभ
२०८३ असार १२, शुक्रबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् ।

चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् ।

‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौँ, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठुलो झन्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ,’ लामिछानेले भने ।

उनले यो ४ वर्षमा केही कमजोरी भएका र अब त्यसलाई सधैँ देखिने गरी अघि बढ्न नहुने जिकिर गरे ।

‘जे भयो आज हामी त्यहीँ छौँ । जुन किसिमका कमी कमजोरी हामीले यो ४ वर्षमा छुटायौँ, त्यो चिज हाम्रा कार्यक्रममा देखिन थालेका छन् । तर, यो सधैँ देखिन हुँदैन,’ उनले भने ।

निर्वाचन भइसकेपछि एउटा परिणाम आउने बताउँदै जित हारलाई क्षणिक कुराको रूपमा लिन आग्रह गरे ।

‘निर्वाचन गइसकेपछि त्यसले एउटा परिणाम त दिइहाल्छ । प्रतिस्पर्धीका रूपमा हामीले लड्नैपर्छ । सभापतिका रूपमा मैले कुनै पनि अधिवेशनहरूमा आफूलाई प्रत्यक्ष संलग्न नगराई हेर्ने प्रयास गरेँ,’ उनले भने, ‘यो पहिलो महाधिवेशन भएकाले हाम्रो संगठन कस्तो अवस्थामा छ भन्ने हेर्नु थियो । हामी कहाँ रहेछौँ भन्ने कुरा आन्द्राभुँडी थाहा पाउनु थियो । सभापतिका रूपमा अत्यन्तै महत्त्व राख्ने कुरा रहे । तमाम कमजोरीका बाबजुद पनि जसरी धैर्यता राख्नुभयो, धेरै धेरै धन्यवाद ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ