+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश र स्थानीय चुनाव एकैपटक गराउन सरकार जुट्यो : केपी ओली

फाइल तस्बिर
पालिका लाइभ
२०८३ जेष्ठ १६, शनिबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय चुनाव एकैपटक गराउनेगरी सरकार जुटेको सूचना कार्यकर्ताहरुलाई पठाएका छन् ।

अपानि–२ जारी गर्दै ओलीले यस्तो सूचना दिएका हुन् । ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ,’ अपानिमा ओलीले लेखेका छन् ।

तर एमालेभित्र एउटा हिस्सा निराश र पलायन हुन खोजिरहेको पनि ओलीले उल्लेख गरेका छन् ।

कार्यकर्तामा रहेको निराशामा आशाको सञ्चार जागृत गर्नु आवश्यक रहेको ओलीले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ