+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने

पालिका लाइभ
२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं– सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरूले घडेरी किन्नका लागि १ करोड ५० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । कोषले पहिलो पटक श्रमिकलाई घडेरी कर्जाको योजना अघि सारेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको मन्त्री यादवले बताए ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषले हाल घर कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जा लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

कोषमा योगदान गर्ने श्रमिकले गरेको योगदानका आधारमा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा घडेरी किन्नका लागि कर्जाको व्यवस्था गरेको प्रवक्ता अधिकारीले बताए ।

त्यसका लागि कोषमा नियमित रूपमा १८ महिनासम्म आबद्ध भएर मासिक रूपमा योगदान गर्नुपर्ने उनको भनाइ छ ।

श्रमिकले कोषमा योगदान गरेको रकमको आधारमा उक्त अधिकतमसम्म ऋण प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ