+
Search

ताजा अपडेट +

पपुलर +

धितोपत्र बजारमा नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर कारोबार सुरु

पालिका लाइभ
२०८२ चैत्र २१, शनिबार

काठमाडौं– नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको चैत १६ गतेदेखि कारोबार सुरु भएको हो ।

दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पहिलोपटक नबिल बैंकले पाएको थियो ।

उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एन बैंक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ