+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

पालिका लाइभ
२०८२ चैत्र ९, सोमबार

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

आइतबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव विनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले मार्ग निर्देशन प्रदान गर्ने सम्पूर्ण सञ्चालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सम्पूर्ण ग्राहकहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, माया, स्नेह प्रदान गर्ने सेयरधनीहरु, बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना समेत व्यक्त गरेका छन्।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए। यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ