काठमाडौं– चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामा विकास बैंकहरूले ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विकास बैंकहरूले कुल ४ अर्ब ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
राष्ट्र बैंकका तथ्यांकअनुसार यस अवधिमा विकास बैंकहरूमध्ये १३ बैंक नाफामा रहेका छन् भने ४ बैंकले घाटा ब्यहोरेका छन्।
नाफा कमाउने बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। मुक्तिनाथले सात महिनामा ८२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
त्यस्तै गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ४७ करोड ६० लाख रुपैयाँ र ज्योति विकास बैंकले ३८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यसैगरी साङ्ग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
राष्ट्र बैंकका अनुसार चार विकास बैंक भने घाटामा रहेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा घाटा ब्यहोरेका हुन्।
यीमध्ये सबैभन्दा बढी घाटा नारायणी डेभलपमेन्ट बैंकलाई भएको छ। यस बैंकले ५ करोड १४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ।
त्यस्तै सिन्धु विकास बैंकलाई १ करोड ५२ लाख रुपैयाँ, सालपा विकास बैंकलाई १ करोड ४२ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकलाई ६३ लाख रुपैयाँ घाटा लागेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया