+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल नगदरहित कारोबारमा उन्मुख भइरहेको छ : अध्यक्ष कोइराला

पालिका लाइभ
२०८२ चैत्र २, सोमबार

काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल नगदरहित कारोबारमा उन्मुख भइरहेको बताएका छन् । सोमबार ‘ग्लोबल मनी वीक’ कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अगाडी भने, ‘विदेशमा बसको टिकटसम्म अनलाइनबाट हुने गरेको छ । भविष्यमा नेपाल पनि क्यासलेस इन्भाइरोमेन्टमा जानेछ । कुनै कुनै देशका नगद नै चल्दैन । त्यस्तै दिशामा नेपाल पनि अगाडी बढिरहेको छ ।’

त्यस्तै, ओटिपि कसैलाई पनि नदिने र कसैले चिट्ठा पर्‍यो भनेर लोभ देखाउँदैमा लोभियो भने आफ्नो खाताको पैसा चोरी हुने जोखिम हुने उनले सुझाव छ ।

‘आफ्नो ओटिपि कसैलाई दिनु हुँदैन । यदि कसैले पुरस्कार दिन्छु अथवा चिट्ठा पर्‍यो भनेर खाता नम्बर वा पीन नम्बर माग्यो भने त्यस्तो लोभमा पर्नु हुँदैन । यस्तो कार्य ठिक होइन’, अध्यक्ष कोइरालाले भने ।

एक मिनेटमा एउटा बैंकबाट तेस्रो बैंकसम्म पैसा ट्रान्सफर गरेर चोरी भएको घटना रहेको उनले जानकारी दिए ।

‘स्मार्ट फोनबाटै सबै कारोबार गर्दै गर्दा जोखिम पनि उति नै छ । डिजिटल युगमा जति सजिलो छ त्यति नै जोखिम पनि बढिरहेको छ । एक पटक ह्याक भएर खाताको पैसा चोरी भयो भने त्यो फर्काउन सजिलो छैन । त्यसैले अगाडी नै सचेत हुनुपर्छ’, उनले भने ।

मोबाइल बैंकिङबाटै ऋण दिने सुविधा नेपालमा रहेको उनले बताए ।

राष्ट्र बैंकले तोकेको सिलिङ अनुसार बैंकहरुले दिइरहेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ