+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीहरूलाई काठमाडौं महानगरको निर्देशन : गैरनेपाली नागरिकसँग कारोबार नगर्नु

पालिका लाइभ
२०८२ फाल्गुन २५, सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले गैर नेपाली नागरिकसँग कारोबार नगर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

महानगरले सोमबार सहकारी संस्थाहरूका लागि यस्तो निर्देशन दिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ५० तथा महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य-केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

ऐनमा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुनसक्ने व्यवस्था छ ।

यस कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी महानगरभित्रका सहकारीहरूले विदेशी नागरिकलाई संस्थाको सदस्य बनाएर कारोबार गरेको भन्ने महानगरमा उजुरी परेको छ ।

यो कार्य कानुन विपरीत भएकाले तत्काल नियमित गर्न संस्थाहरूलाई निर्देशन दिइएको छ ।

निर्देशन पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ