+
Search

ताजा अपडेट +

पपुलर +

वन मन्त्रालयले माग्यो वातावरण निरीक्षकको विवरण, स्थानीय तहलाई पठाइयो पत्र

पालिका लाइभ
२०८२ माघ १२, सोमबार

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले वातावरण निरीक्षकहरुको विवरण मागेको छ।

मन्त्रालयले तीन तहका सरकारमा कार्यरत वातावरण निरीक्षकहरुको संख्या यकिन गर्न भन्दै पत्राचार गरेको हाे।

‘मुलुकभर हाल संघ/प्रदेश र स्थानीय तहमा गरी वातावरण निरीक्षक के कति संख्यामा छन्?, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको संख्या के कति हो? हाल उपलब्ध जनशक्तिले मुलुकको वातावरण सम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ, छैन?,’ भन्ने प्रश्नसहित मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश र स्थानीय तहसँग विवरण मागेको हो।

पत्रमा दरबन्दी संख्या, पदपूर्ति संख्या, थप आवश्यक दरबन्दी र थप आवश्यक दरबन्दीको पुष्ट्याईं हुने गरी विवरण पठाउन भनिएको छ। वन मन्त्रालयको आग्रहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय तहहरुलाई पत्र लेखेको छ।

मंसिर ३ गते बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले विवरण माग्ने निर्णय गरेको थियो। त्यतिखेर वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेकी थिइन्।

वातावरण निरीक्षक नहुँदा अधिकांश स्थानीय तहमा वातावरणीय योजना बनाउन, कार्यान्वयन गर्न र अनुगमन गर्न सकिएको छैन। परिणामस्वरूप प्रदूषण र त्यसबाट हुने स्वास्थ्य समस्यामा वृद्धि भएका छन्।

अहिले वातावरण विभाग अन्तर्गत १६ जनाले मात्र वातावरण निरीक्षकमा नियुक्ति पाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ